शाहरुखले भने – ‘मेरो छोराले अभिनय गर्न सक्दैन’

डिसी नेपाल
९ कार्तिक २०७६ १०:५०

मुम्बइ। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको बलिउड डेब्यूलाई लिएर चर्चा भइरहन्छन् । तर, शाहरुख खानले भने कैयौं पटक प्रस्ट पारिसकेका छन् कि उनका छोरालाई अभिनय भन्दा फिल्म निर्माणमा चासो छ । आर्यन अहिले युनिभर्सिटी अफ लस एन्जल्स मा फिल्म निर्माणसम्बन्धि अध्ययन गरिरहेका छन् । हालै यस विषयमा कुरा गर्दै शाहरुखले डेभिड लेटरम्यानको शोमा आफ्नो विचार राखेका छन् ।

शाहरुखले भने ‘मेरो छोरा फिल्ममा काम गर्न चाहँदैन र मलाई लाग्दैन कि ऊ अभिनय गर्न सक्छ । तर भारतमा यदि तपाइँ कुनै फिल्म स्टारको छोरा भएमा स्टार बन्न सक्नुहुन्छ । ऊ अग्लो छ, राम्रो देखिन्छ, ती सब कुराहरु ठिक छन् तर मलाई लाग्छ कि उसँग त्यो एक्स फ्याक्टर छैन जो अभिनयको लागि आवश्यक छ । र, मलाई लाग्छ ऊ राम्रो लेखक पनि हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *