अस्ट्रेलियाको टी-२० टिममा स्मिथ र वार्नर फर्किए, अरु को को परे ?

डिसी नेपाल
९ कार्तिक २०७६ १४:०६

काठमाडौँ । अस्ट्रेलियाले श्रीलंकाविरुद्धको टी-२० सिरिजका लागि खेलाडीको घोषणा गरेको छ । अस्ट्रेलियाको टी-२० टिममा लामो समयपछि स्टिभ स्मिथ र डेविड वार्नरले पुनरागमन गरेका छन् ।

बल टेम्परिंगको प्रतिबन्ध पछि दुवै जना पहिलो पटक टेस्ट, एकदिवसीय र टी-२० मा पुनरागमन गरेका हुन् । टेस्टमा गत एसेज सिरिजमा खेल्दै स्मिथले धमाकेदार प्रदर्शन गरेका थिए ।

सन् २०२० मा अस्ट्रेलियामा नै हुने टी-२० विश्वकपलाई ध्यानमा राख्दै स्मिथ र वार्नर टी-२० टिममा फर्किएको बताइएको छ । तीन टी-२० सिरिजको पहिलो खेल २७ अगस्तमा हुदै छ ।

अस्ट्रेलियाको टिम : एरोन फिन्च (कप्तान), एस्टन एगर, एलेक्स केरी, प्याट कमिन्स, ग्लेन म्याक्सवेल, बेन म्याकडरमोट, केन रिचार्डसन, स्टिभ स्मिथ, बिली स्टानलेक, मिचेल स्टार्क, एशेज टर्नर, एन्ड्रयु टाय, डेविड वार्नर, एडम जाम्पा ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *