शिक्षा नीतिमा परिवर्तन आवश्यक छ : प्रचण्ड

डिसी नेपाल
९ कार्तिक २०७६ १९:५९

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शिक्षा नीतिमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले युग सुहाउँदो शिक्षा नीति चाहिने भन्दै वर्तमान नीति परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन्।

सरकारले सबै वर्ग क्षेत्रको समान विकाश गर्न शिक्षा नीतिमा परिवर्तन र लगानी बढाउन आवश्यक रहेको पनि उनले बताए। शिक्षाको विकाशमा सरकारको लगानी बढाउदै लैजानु पर्ने आवश्यकता वर्तमान सरकारले महसुस गरेको उनको भनाई छ। देशको सम्वृद्धि र बिकाशको अभियानलाई शिक्षामा गरिने लगानीलाई वृद्धि नगरी सम्भव नहुने पनि बताउनु बताए।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं १५ ले एसइइ परिक्षामा उत्कृष्ट अंक सहित पास हुने बिद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *