बर्लिनलाई हराउँदै वार्यन शीर्ष स्थानमा

डिसी नेपाल
९ कार्तिक २०७६ २३:२८

एजेन्सी । साविकको विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा एफसी युनियन बर्लिनलाई २–१ गोल अन्तरले पराजित गर्दै वायर्न शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा वायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्ड र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे । बर्लिनका सेबास्टियन पोल्टेरले एक गोल फर्काए ।

एलिनाज स्टेडियममा खेलको १३ औं मिनेटमा पाभर्डको गोलबाट वायर्नले अग्रता बनाएको थियो । ५३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा वायर्नको अग्रता २–० को बन्यो ।

त्यसपछि खेलको ८६ औं मिनेटमा बर्लिनका सेबास्टियनले पेनाल्टीमा एक गोल फर्काएपनि वायर्नले २१ को जित निकाल्यो ।

जितसँगै वायर्नले ९ खेलबाट १८ अंक जोडेको छ । पराजित बर्लिन ७ अंक जोडेर १५ औं स्थानमा छ ।

अर्को खेलमा बोरुसिया डर्टमण्ड भने शाल्केसँग गोलरहित बराबरीमा रोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *