पुलिसिचको ह्याट्रिकमा चेल्सीको सहज जित

डिसी नेपाल
१० कार्तिक २०७६ ६:२३

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

बर्नलीको मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिचले ह्याट्रिक गरे । यस्तै विलियमले एक गोल थपे । घरेलु टिम बर्नलीका जय रोड्रीगेज र म्याकनिलले एक एक गोल फर्काए ।

खेलको २१ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको ४५ औं पुलिसिचले चेल्सीका लागि दोस्रो गोल गरे । ५६ औं मिनेटमा पुलिसिचले ह्याट्रिक पुरा गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाए । बर्नलीसँग ह्याट्रिक गरेसँगै पुलिसिच प्रिमियर लिगमा ह्याट्रिक गरे दोस्रो अमेरिकन खेलाडी बनेका छन् ।

खेलको ५८ औं मिनेटमा विलियमले गोल गर्दा चेल्सी ४–० ले अघि रह्यो । खेलको ८६ औं मिनेटमा रोड्रीगेजले गोल गर्दै बर्नलीलाई खेलमा फर्काउने कोशिस गरे । त्यसपछि खेलको ८९ औं मिनेटमा म्याकनिलले थप एक गोल फर्काएपनि घरेलु टिम ४–२ ले पराजित भयो ।

जितसँगै चेल्सी लिगको चौथी स्थानमा उक्लिएको छ । चेल्सीले १० खेलमा २० अंक जोडेको छ । १२ अंक जोडेको बर्नली ११ औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *