सुखी नेपाली, समृद्ध नेपालको अभियान सफल बनाउन अझै मेहनत आवश्यक : प्रचण्ड

डिसी नेपाल
१० कार्तिक २०७६ १०:०७

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल बनाउन अझै मेहनत गर्नुपर्ने बताएका छन्। आइतबार नेवा मोर्चाले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले वर्षैंदेखिको जनताको विकास र समृद्धिको सपना पूरा गर्न अझै मेहनत गर्नुपर्ने बताएका हुन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मेहनत गरेको जस्तै विकास र समृद्धि प्राप्त गर्न सबैले आफ्नो ठाउँबाट मेहनत गर्नुपर्ने बताए।
प्रचण्डले जनताको आकांक्षा पूरा गर्न दुई ठूला पार्टीबीच एकता गर्नुपर्ने निष्कर्ष निकालेर तत्कालीन एमाले र माओवादीबीच एकता भएको उल्लेख गर्दै उनले अहिलेको राजनीतिक स्थिरता र झण्डै दुई तिहाइ बहुमतको सरकार परिवर्तन विरोधीलाई सैह्य नभएको दाबी गरे।

‘अहिलेको राजनीतिक परिवर्तन र राजनीतिक स्थिरता परिवर्तन विरोधलाई मन परेको छैन,’ उनले भने,’ उनले भने, ‘त्यसमा पनि दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार त पटक्कै मन परको छैन।’

उनले परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न सबैले आ–आफ्नो ठाउँबाट प्रतिरोध गर्नुपर्ने बताए। उनले राजनीकि परिवर्तन विरोधहरु वर्तमान सरकार र पार्टीलाई कमजोर र बद्नाम गराउन लागीपरेको दाबी गर्दै देश बलियो भएको स्थिति देख्ज नसक्ने विरुद्ध आवाज उठाउन आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *