अमेरिकी मिडियाको दावीः इस्लामिक स्टेट प्रमुख बगदादीले २ श्रीमतीसहित आत्महत्या गरे

डिसी नेपाल
१० कार्तिक २०७६ १३:३२

काठमाडौं। अमेरिकी मिडिया न्यूजविकले इस्लामिक स्टेट प्रमुख अबु बकर अल बगदादीले दुई जना श्रीमतीसहित आत्महत्या गरेको दावी गरेको छ । रिपोर्टमा दावी गरिए अनुसार गएराती अमेरिकी सेनाले बगदादी रहेको स्थानमा छापा मारेको र कारवाहीका क्रममा बगदादीले आफ्ना २ श्रमितीसहित आत्महत्या गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १ साताअघि यो अपरेशनलाई स्वीकृति दिएको रिपोर्टमा उल्लेख छ ।

शनिबार राती सिरियाको उत्तर पश्चिममा रहेको इदिब प्रान्तमा अमेरिकी सेनाका हेलिकप्टरले आक्रमण गरेको र यो अपरेशनको मुख्य लक्ष्य बगदादी नै भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक अधिकारी र सेनाका एक अधिकारीलाई उद्धृत गर्दै न्यूजविकले लेखेको छ । सेनाका एक अधिकारीका अनुसार कारवाहीमा बगदादी मारिएको रक्षा मन्त्रालयले ह्याइट हाउसलाई रिपोर्टिङ गरेको छ । सेनाले राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई दिएको रिपोर्टमा मारिने बगदादी नै भएकोमा आफू विश्वस्त भएको उल्लेख गरेको छ । यद्यपि डिएनए र बायोमेटिक परीक्षण गर्न भने बाँकी नै छ ।

अमेरिकी सेनाका हेलिकप्टर इदिब प्रान्तको बारिशा गाउँमा प्रवेश गरेपछि केही बेर दोहोरो भिडन्त भएको थियो । त्यसपछि बगदादीले आत्मघाती बम भएको ज्याकेट विष्फोट गराएर आत्महत्या गरेको पेन्टागनका एक बरिष्ठ अधिकारीले बताएका छन् । पेन्टागन स्रोतका अनुसार घटनामा कुनै पनि बलबालिका प्रभावित भएका छैनन् तर बगदादीका दुई श्रीमतीले समेत आत्मघाती बम विष्फोट गराइ आत्महत्या गरेका छन् । यो अपरेशन अमेरिकी सेनाको जोइन्ट स्पेशल अपरेशन कमाण्डको डेल्टा टिमले गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *