सिरि ‘ए’मा एटलान्टाको दमदार जित

डिसी नेपाल
११ कार्तिक २०७६ १०:५९

एजेन्सी । इटालियन सिरि ‘ए’ फुटबलमा एटलान्टाले उडिनेसमाथि ७–१ को फराकिलो जित दर्ता गरेको छ । एटलान्टाको जीतमा लुईस फर्नान्डोले ह्याट्रिक गर्दा जोसेफले २ गोल गर्दा मारियो पाली र आमद डायलो टेरेले एक एक गोल गरेका थिए ।

आइतबार राति भएको खेलमा शुरुआती अग्रता भएको उडिनेसले लिएको थियो । ११ औं मिनेटमा स्टेफानो ओकाकाले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा जोशेफले गोल गर्दै बराबरी गरेका थिए ।

तर ३२ औं मिनेटमा उडिनेसका निकोलस उपोकु दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि उडिनेस १० खेलाडीमा समेटिएको थियो । त्यसपछि झनै दबावमा आयो । ३५ औं मिनेटमा लुईस फर्नान्डोले पेनाल्टी मार्फत टिमका लागि दोस्रो गोल गरेका थिए । ४३ औं मिनेटमा जोशेफले व्यक्तिगत दोस्रो गोल गरे।

लगातार उडिनेसमाथि दबाव बनाएको एटलान्टाले चौथो गोल ४७ औं मिनेटमा गरेको थियो । लुईस फर्नान्डोले व्यक्तिगत दोस्रो गोल गर्दै चार एकको अग्रता बनाए । ५२ औं मिनेटमा मारियो पालीले गोल थपेका थिए भने ७५ औं मिनेटमा एटलान्टाले पेनाल्टी पायो ।

उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै फर्नान्डोले ह्याट्रिक पुरा गरे । ८३ औं मिनेटमा आमद डायलो टेरेले टिमका लागि सातौं गोल थपेका थिए । यस्तै, नापोली र स्पाल एक एक गोलको बराबरीमा रोकिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *