पोग्वा दुई महिना मैदान बाहिर!

डिसी नेपाल
११ कार्तिक २०७६ १२:१९

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर पाउल पोग्वा डिसेम्बरसम्म टिम बाहिर हुने भएका छन । चोटका कारण उनी दुई महिना टिममा नहुने प्रशिक्षक ओले गुनारले बताएका छन ।

उनको एंकलमा चोट लागेकाले दुई महिना आराम गर्ने प्रशिक्षक गुनारले बताए । अगष्ट ३१ तारिखमा साउथह्याम्टन विरुद्धको खेलमा चोट बोकेका पोग्वा त्यसपछि सेप्टेम्बर ३० तारिखमा आर्सनल विरुद्धको खेलमा अन्तिम पटक खेलका थिए ।

सो खेल एक एक गोलको बराबरी भएको थियो । प्रशिक्षक गुनरले पोग्वा तत्काल टिममा फर्कन सक्ने अवस्थामा नभएको बताए । उनी पुर्ण रुपमा ठिक हुन समय लाग्ने बताउदै उनले अन्तराष्ट्रिय ब्रेकपछि मात्र डिसेम्बरमा उनी टिममा फर्कने बताए ।

उनको खुट्टा भन्दापनि एंकलमा चोट लागेको बताउदै उनले आफु डाक्टर नभएपनि चोटको प्रकृती हेर्दा उनलाई आरामको खाँचो रहेको धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *