पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफको स्वास्थ्यमा सुधार भएन

डिसी नेपाल
१२ कार्तिक २०७६ १०:५४

काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्‍त्री नवाज शरीफको लाहौर सर्विसेज अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्यमा थप जटिलता आएपछि उपचारमा संलग्‍न चिकित्सकहरूले उनलाई अस्पतालबाट छुट्टि दिन मानेका छैनन्। शरीफ एक हप्तादेखि अस्पतालमा उपचाररत छन्।

पाकिस्तानी मिडियाका अनुसार ६९ वर्षीया शरीफको शरीरमा ४५ हजारबाट रक्तकोशिका घटेर २५ हजार पुगेका थिए। मेडिकल बोर्डका अनुसार उनलाई भएको हृदय घातको औषधीका कारण रक्तकोशीका घटेका थिए। तर, यतिवेला शरीफको शरीरमा रक्तकोशीका बढ्दै गएका छन्।

डाक्टरका अनुसार उनको अवस्था सुध्रि नसकेकाले निगरानीमै राखेर उपचार गर्नुपर्ने छ। उनी गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेकाले उनलाई अहिले नै डिस्चार्ज गर्न नसकिने अस्पतालले जनाएको छ।

जब शरीफको शरीरमा रक्तकोशीकाको संख्या २५ सय पुगेको थियो डाक्टरले उनलाई हृदयघातको औषधी दिन बन्द गरिदिएका थिए। डाक्टरले उनको पुरै शरीको चेकजाँच गरेर कुन अंग रोगबाट बढी प्रभावित छ त्यसको पत्ता लगाउन खोजिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *