जब शाहरुख खानलाई प्रहरीले पक्राउ गरेर लगेको थियो…

डिसी नेपाल
१३ कार्तिक २०७६ ७:४२

नयाँ दिल्ली (बीबीसी हिन्दी) । शाहरुख खानको नाम नै काफी छ। आफ्ना फिल्म मार्फत शाहरुख खान सधैं आफ्नो नाम काफी रहेको सावित गर्ने कोशिशमा छन्। तर नेटफ्लिक्समा चरिहेको डेविड लेटरम्यानको शो मा यो कुरा वास्तव मै सावित भउको छ। यो शोको नाम नै ‘माई नेक्स्ट गेस्ट नीड्स नो इन्ट्रोडक्शन विथ डेविड लेटरम्यान’ हो।

यो अन्तर्वातामा शाहरुख खान विश्वभरका उनका फ्यानले शाहरुख खानलाई पहिलो पटक किचनमा खाना बनाउँदै गरेको देखिए। शाहरुख खानले आफ्नो करियर, परिवार र आफ्ना बच्चाका विषयमा खुलेर कुरा गरे।

डेविड लेटरम्यानले शाहरुख खाखनसँग कयौं वर्ष पहिला एक म्यागेजीनमा प्रकाशित भएको एउटा लेखलाई उद्धृत गर्दै उनी जेल गएको प्रसंगका विषयमा सोधे। जवाफमा शाहरुख खान उक्त म्यागेजीनमा छापिएको लेखप्रति निकै रिसाएका थिए। उनले रिसको झोँकमा म्यागेजीनका सम्पादकलाई फोन गरेका थिए, जवाफमा सम्पादकले यो लेख मजाक स्वरुप लेखिएको हुनाले यसलाई मजाकका रुपमा मात्र लिन सुझाव दिएका थिए।

त्यसपछि पनि शाहरुख खानको रीस शान्त भएन र उनी म्यागेजीनको अफिस पुगे र सम्पादकलगायतलाई गाली गलौज गरे। त्यसपछि एक फिल्मको शुटिङका क्रममा केही प्रहरी शुटिङ भइरहेको ठाउँमा पुगे। उनीहरुले आफूसँगै हिँड्न शाहरुखलाई आग्रह गरे। तर रमाइलो कुरा के भयो भने शाहरुखलाई प्रहरी आफ्ना फ्यान भएको जस्तो लाग्यो। अनि शाहरुखले प्रहरीलाई आफ्नो कारमा बस्न आग्रह गरिरहे।

तर पछि म्यागेजीनका सम्पादकले उजुरी दिएपछि शाहरुखलाई पक्राउ गर्न ती प्रहरी आएका थिए। शाहरुखले भने–‘फेरि म उनीहरुसँगै गएँ। मैले पहिलो पटक प्रहरी चौकी देखेको थिएँ, जुन सानो ठाउँमा बनेको थियो। त्यो ठाउँ किनै फोहोर थियो, जहाँ मल–मुत्र सबै देख्न सकिन्थ्यो।’

शाहरुखले एक दिन प्रहरी हिरासतमा बिताउनु पर्यो। पछि उनी रिहा भए। रिहा भएपछि शाहरुख तीनै सम्पादकको घर हुँदै फर्किएका थिए। १९९३ मा रिलीज भएको फिल्म ‘माया मेमसाहब’ मा शाहरुखलाई फिल्मका निर्देशकसँग एउटा लभ सिन गर्नु थियो। त्यो ९० को दशकको बोल्ड सिन मानिन्थ्यो। जसमा शाहरुखसहित अन्य कलाकारले बेड सीन गरेका गिए।

उक्त फिल्मको बारेमा ‘सिने ब्लिट्ज’ म्यागेजीनले फिल्मका निर्देशक केनत मेहताले आफ्नी श्रीमती (दीपा साही) सँग एक रात बिताउन भनेका थिए, ताकि एक अर्कालाई बुझ्न सकियोस र लभ सिन शुट गर्न सकियोस भनेर लेखेको थियो। यो लेख पढेर शाहरुख निकै रिसाएका थिए र पत्रिकाको अफिस पुगेर लेखकलाई मार्ने धम्की दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *