२ वर्षको प्रतिबन्ध भोग्नुपर्ने के गरेका थिए शाकिबले? आईसीसीले दियो जवाफ
काठमाडौं। बंगलादेशका अलराउण्डर शाकिब अल हसनमाथि २ वर्षको प्रतिबन्ध लागेको छ । शंकापद भारतीय सट्टेबाज दीपक अग्रवालसँग कुराकानी गरेकै भरमा शाकिबमाथि प्रतिबन्ध लागेको हो । यद्यपि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले शाकिब र अग्रवालबीचको वार्तालाप सार्वजनिक गर्दै शाकिबमाथि प्रतिबन्धको कारण खुलाएको छ ।
८ जनवरी २०१८ः शाकिबलाई बंगलादेश, श्रीलंका र जिम्बाब्बेको त्रिकोणात्मक सिरिजको लागि छनोट गरियो । यस क्रममा उनलको अग्रवालसँग कुरा भयो ।
१९ जनवरी २०१९ः शाकिब म्यान अफ द म्याच बने । अग्रवालले शाकिबलाई बधाइ दिए । त्यसपछि उनले लेखे ‘के हामी यसमाथि काम गर्न सक्छौं कि हामी आइपिएलसम्म पर्खौं ?’ यो सन्देशमा कामको अर्थ अग्रवाललाई गोप्य सूचना उपलब्ध गराउनु थियो ।
शाकिबले यो कुराको सूचना आइसीसीको भ्रष्टाचार निरोधी एजेन्सीलाई दिएनन्।
२३ जनवरी २०१८ मा शाकिबलाई अग्रवालको अर्को वाट्सएप सन्देश आयो। जसमा अग्रवालले शाकिबाट फेरि भित्री कुरा थाहा पाउने प्रयास गरे। यसमा अग्रवालले लेखेका थिए, ‘मित्र यो सिरिजमा केही हुन सक्छ?’
शाकिबले अग्रवालबाट त्रिकोणीय सिरिजबारे सूचना हासिल गर्न सन्देश आएको पुष्टि गरेका छन्। शाकिबले अग्रवालबाट भित्री कुराबारे जानकारी लागि आएका सन्देशबारे कसैलाई जानकारी दिएनन्।
बंगलादेशकी प्रधानमन्त्री शेख हसीना वाजेदले शाकिबको बचाउ गर्दै उनलाई गल्ती महसुस भएको बताएकी थिइन्।
२६ अप्रिल २०१८ मा उनले किंग्स एलेभन पञ्जा विरुद्ध आईपीएलमा सनराइजर्स हैदरावादका तर्फबाट खेले। सोही दिन उनलाई अग्रवालले एक अर्को वाट्सएप सन्देश पठाए। जसमा निश्चित खेलाडीले खेल्ने वा नखेल्नेबारेमा सोधिएको थियो। यो पटक पनि भित्री जानकारी मागिएको थियो।
अग्रवालले बिटक्वाइन, डलर अकाउण्टका बारेमा कुरा गरे र शाकिबको डलर अकाउण्टबारे जानकारी मागे। यो कुराकानीका क्रममा अग्रवालले शाकिबसँग भेट गर्न चाहेको बताए।
२६ अप्रिल २०१८ मा यी मध्ये केही सन्देश डिलिट गरिएका पनि समावेस छन्। शाकिबले डिलिट गरिएका सन्देशमा भित्री कुराबारे जानकारी दिन अग्रवालले आग्रह गरेको पुष्टि गरेका छन्।
शाकिबका अनुसार अग्रवालबारे उनलाई चिन्ता थियो। उनलाई अग्रवाल धोकेवाज रहेको लागेको थियो। यसपछि भएका कुराकानीपछि शाकिबले अग्रवाल जुवाडे भएको महसुस गरे। शाकिबले अग्रवालले आफुसँग गरेको सम्पर्कबारे कुनै पनि भ्रष्टचार विरोधी एजेन्सीलाई दिएनन्।
शाकिबले आईसीसीको भ्रष्टाचार विरोधी एजेन्सी एसीयूलाई अग्रवालको कुरा नमानेको र उसबाट कुनै रुपैयाँ र उपहारसमेत नलिएको बताएका थिए।
Facebook Comment