म्याक्सवेलले लिए अनिश्चितकालका लागि क्रिकेटबाट ‘ब्रेक’, यस्तो रहेको छ कारण

डिसी नेपाल
१४ कार्तिक २०७६ १२:४२

एजेन्सी । अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले क्रिकटबाट ब्रेक लिएका छन्। उनले आफेनो मानसिक स्वास्थ्यका कारण क्रिकेटबाट केही समयका लागि टाढिएको क्रिकइन्फाेले जनाएको छ।

म्याक्सवेल केही महिनादेखि आफ्नो व्याक्तिगत समस्याबाट गुज्रिरहेका थिए। उनले बुधबार क्रिकेट अस्ट्रेलियाका कर्मचारीलाई भेटेका थिए। म्याक्सवेलले श्रीलंकासँग खेल्न बाँकी रहेको टी–२० खेल र पाकिस्तानसँग हुने सिरिज गुमाउने भएका छन्।

राष्ट्रिय टिमका म्यानेजर ओलिभरले उनी समरमा टिममा फर्किने विश्वास व्यक्त गरे। उनले टिमका खेलाडी र कर्मचारीको भलाई सर्वोपरि भएको बताए।
म्याक्सवेलको उक्त निर्णयलाई क्रिकेट अस्ट्रेलियाका कर्मचारीहरुले स्वीकार गरेका छन्। टिमका मनोवैज्ञानीक डाक्टर माइकल लायडले उनी खेलबाट केही समयको लागि टाढा रहने बताए।

म्माक्सवेले टिमबाट ब्रेक लिएसँगै उनको ठाउँमा डार्सि सट आएका छन्। म्याक्सवेलले श्रीलंकासँगको पहिलो टि–२०मा विश्फोटक ब्याटिङ गर्दै २८ बलमा ६२ रन बनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *