नेपालले बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ कप खेल्ने

डिसी नेपाल
१४ कार्तिक २०७६ १८:१७

काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्ने भएको छ ।

बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालको सहभागिता पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार जनाएको छ । प्रतियोगिता नोभेम्बर १२ देखि २४ सम्म हुनेछ ।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । समूह ‘ए’ को खेल कक्स बजार र समूह ‘बी’ को खेल ढाकामा हुनेछ । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ ।

नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।

प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो । क्यानले इमर्जिङ कप खेल्ने टिमको घोषणा छिटै हुने जानकारी दिएको छ।

खेल तालिका :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *