लेबनानमा १५औँ दिन पनि आन्दोलन
बेरुत। लेबनानमा भइरहेको आन्दोलन १५ औ दिन पनि जारी रहेको छ ।
आफ्ना मागहरु पुरा गर्न दवाव दिँदै उनीहरूले देशभरी सडक आन्दोलन गरिरहेको अल जादिद टिभीले बिहीबार जनाएको छ ।
आन्दोलनकारीहरुले केही सडकहरुमा यातायात अवरुद्ध गरेका थिएभने सेनाले अवरोध खुलाउने प्रयास गरेको थियो ।
उनीहरूले शासन व्यवस्था परिवर्तन गर्नुपर्ने, आर्थिक अवस्था सुधार गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्नेलगायतका माग राखेका थिए ।
“हामी स्वतन्त्रता र शान्तिका साथ बाँच्न चाहन्छौँ,” एक आन्दोलनकारीले भने । उनले अहिलेको राजनीतिक बर्गका विरुद्धमा आफुहरू आन्दोलित हुनुपरेको पनि स्पष्ट पारे ।
विश्वविद्यालयबाट स्नातकोत्तर उत्तिर्ण गरेका एक आन्दोलनकारीले अहिलेको शासन व्यवस्था र शासकहरुका कारण आफुले रोजगारी नभएको भन्दै यो अवस्थामा परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।
यसअघि १४औँ दिनसम्म भएको प्रदर्शनका क्रममा पनि उनीहरुले बर्तमान सरकार परिवर्तनको माग गरेका थिए ।
राष्ट्रपति मिचेल औनले भने आफु वार्तामार्फत् सम्झौता गर्न तयार रहेको बताउँदै आन्दोलनकारीलाई वार्ताका लागि आह्वान गरेका छन्।
उनले नयाँ प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार गठन गर्न तयार रहेको र त्यसमा सहभागी हुन पनि आन्दोलनकारीलाई आग्रह गरेका छन्। रासस/सिन्ह्वा
Facebook Comment