अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बसाइ सर्ने, भने – ‘न्यूयोर्कमा नेताहरूले राम्रो व्यवहार गरेनन्’

डिसी नेपाल
१५ कार्तिक २०७६ १४:०२

न्यूयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बसाइ सर्ने भएका छन्। न्युयोर्कका नेताहरुले नराम्रो व्यवहार गरेको भन्दै उनी फ्लोरिडास्थित पामबिच सर्न लागेका हुन्। ट्रम्पको जन्म न्युयोर्कस्थित ट्रम्प टावरमा भएको थियो तर उनी प्रायः पामबिचमा रहेको मारए लागो रिसोर्टमा बस्ने गर्थे। सन् १९८५ देखि मारए लागो रिसोर्ट उनको नाममा छ।

राष्ट्रपति ट्रम्पले बसाइ सरेकोबारे आफ्नो ट्विटरमार्फत् जानकारी दिएका हुन्। उनले न्युयोर्कमा आफूले लाखौं डलर कर तिर्दै आएको तर पनि त्यहाँका नेताहरूले राम्रो व्यवहार नगरेको ट्विटमा उल्लेख गरेका छन्। ‘म न्युयोर्क सहर, प्रदेश र स्थानीय सरकारलाई लाखौं डलर कर तिर्दै आएको छु, तर सहर र प्रदेश दुबैका राजनीतिक नेताहरूले नराम्रो व्यवहार गरेका छन्,’ उनले भने, ‘केहीले त धेरै नै खराब व्यवहार गरेका छन्।’

न्युयोर्कका गभर्नरले भने उनी फ्लोरिडाका स्थायी भएकोले राम्रो छुट्कारा पाएको बताएका छन्। गभर्नर एन्ड्रियु कोउमोले उक्त समाचारबारे ट्विट गर्दै भनेका छन् ‘राम्रो छुटकारा र ट्रम्प सबै तिम्रो नै हो।’ट्रम्पले आफ्नो व्यक्तिगत कर विवरणबारे खुलाउन भने नमानेको बिबिसीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *