मुख्यमन्त्री राईद्वारा छठको शुभकामना

डिसी नेपाल
१६ कार्तिक २०७६ १०:१०

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले छठ पर्व-२०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा उनले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले हाम्रो समाजमा मनाउने गरिएका विभिन्न चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै हाम्रो धरोहरका रुपमा रहेका चाडपर्व बहुमूल्य सांस्कृतिक सम्पदासमेत रहेको बताए ।

मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा भनिएको छ, “यो पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी विकास र समृद्ध पथमा संलग्न हुने प्रेरणा मिल्ने छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *