नेकपा सचिवालय बैठकः आइतबार उम्मेदवारको टुङ्गो लगाउने

डिसी नेपाल
१६ कार्तिक २०७६ १५:०९

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको उम्मेदवार चयनका विषयमा प्रारम्भिक छलफल गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपाको सचिवालय बैठकले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा प्रारम्भिक छलफल गरेको हो। ‘अहिले हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारहरुमाथि प्रारम्भिक छलफल गरेका छौं,’ बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘भोली (आईतबार) बस्ने बैठकबाट प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कतिपय मेयरको उम्मेदवारको पनि टुंगो लगाउनेछौं ।’

भोली (आईतबार) बस्ने सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको चयन गर्ने नेकपाको तयारी छ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै बाहिर आएको जस्तो गम्भिर नरहेको बताएका थिए। प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था गम्भिर नभएकोे बैठकमा जानकारी गराउनु भएको पनि प्रवक्ता श्रेष्ठले बताए।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र काम पनि सुरु गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *