ओली सरकारबिरुद्व काँग्रेसले थाल्यो भित्र भित्रै यस्तो तयारी

डिसी नेपाल
११ भदौ २०७५ ११:१४

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट नगरपालिकामा विजयी नगरप्रमुख र प्रमुखसँग स्थानीय सरकारले लगाएको कर, पार्टीको घोषणा पत्र कार्यान्वयनलगायत विषयमा अन्तरसंवाद शुरु गरेको छ ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मुलुकभरबाट सहभागी नगर प्रमुख र उपप्रमुखलाई पार्टीका शीर्ष नेताका साथै विभिन्न विषयका विज्ञहरूले प्रस्तुति दिइरेहका छन् । तीनै तहका सरकारले जथाभावी कर लगाएको भन्दै सर्वसाधारणबाट आक्रोश बढेपछि काँग्रेसले पार्टीका तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग पहिलो चरणमा यो कार्यक्रम गरेको जनाएको छ । स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा काँग्रेसबाट निर्वाचित १८९ नगर प्रमुख र उपप्रमुख छन् ।

कार्यक्रमको प्रथम सत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। शङ्कर शर्माले स्थानीय तहमा आर्थिक नीति र विकास योजना विषयमा, द्वितीय सत्रमा नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले नगरपालिकाको काम र कर्तव्यन्यायिक र कानूनी पक्षमा, तृतीय सत्रमा पूर्वसचिव कृष्ण ज्ञवालीले स्थानीय पार्टीसँगको समन्वय र सम्बन्धमा प्रस्तुति दिनेछन् ।

सो कार्यक्रममा पार्टीका नेताका साथै अन्य विभिन्न क्षेत्रका विज्ञले पूरक टिप्पणी गर्नुहुने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । समापन सत्रमा काँग्रेसको तर्फबाट नगर र नगरपालिका सङ्घको प्रतिनिधित्व गर्नेको भूमिका विषयक कार्यक्रम हुनेछ । पछिल्लो समय स्थानीय सरकारले जथाभावी करको बबण्डर मच्चाइरहेको भन्दै व्यापक गुनासो केन्द्र समक्ष पनि छ । काँग्रेसले खासगरि ओली सरकार लाई असफल देखाउने रणनीतिका साथ यो कदम लिएको आँकलन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *