महराविरुद्धको थुनछेक बहस आज

डिसी नेपाल
१७ कार्तिक २०७६ ९:१९

काठमाडाैं। यौन दुव्र्यवहारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज आइतबार थुनछेक बहस हुँदै छ। बहसमा वादी नेपाल सरकार पक्ष भएकाले पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादीका तर्फबाट निजी कानुन व्यवसायीले आ–आफ्नो पक्षमा बहस गर्नेछन्। त्यही बहस, प्रमाणलगायतका आधारमा इजलासले थुनछेकको फैसला लिनेछ।

जबरजस्ती करणीसम्बन्धी मुद्दा बन्द इजलासमा चल्ने गर्दछ। पीडित र पीडक दुवै पक्ष र कानुन व्यवसायीले समेत बन्द इजलाससमक्ष बयान दिने र बहस गर्नुपर्दछ। यस्तो बहसले अभियुक्तलाई पुर्पक्षमा राख्ने, धरौटी वा साधारण तारेखमा छोड्दै मुद्दाको पुर्पक्ष गर्ने भन्ने इजलासलाई निर्णय लिन सघाउ पुर्याउँछ।

आज आइतबार हुने बहसपछि इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७५ मा पुर्पक्षमा राख्ने, धरौटी खुल्ने वा साधारण तारेखमा छोड्ने भन्ने उल्लेख गरिएको छ।

महराविरुद्ध पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग लिइएको छ। महरामाथि आफ्नै कार्यालय संसद् सचिवालयकी महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग अदालतमा प्रवेश गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *