गण्डकीको नवलपुरमा रक्त सञ्चार केन्द्र स्थापना

डिसी नेपाल
१८ कार्तिक २०७६ ७:५६
नवलपरासी । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस उपशाखा कावासोतीले जिल्लामानै पहिलोपटक उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्त सञ्चार केन्द्र स्थापना गरेको हो।
 
‘हिल्फे बेलिङ्ग्रिस इ भि जर्मनी’को रु ४६ लाखको सहयोगमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको उपशाखाका सभापति बेदप्रसाद न्यौपानेले बताए ।
 
२०० पोका रगत सङ्कलन गर्न सकिने गरी ‘डि’ समूहको रक्त सञ्चार केन्द्र स्थापना गरिएको सभापति न्यौपानेले बताए ।
 
रक्त सञ्चार केन्द्र सञ्चालन गर्न तत्कालका लागि प्राविधिक सहयोग क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले गर्ने छ ।
 
केही समयपछि स्थानीय स्तरबाटनै प्राविधिक उत्पादन गर्ने गरी तालीम प्रदान गरिने सभापति न्यौपानेले बताए ।
 
रक्त सञ्चार स्थापना भएसँगै नवलपरासीपूर्व नवलपुरमा रगत आवश्यक पर्ने बिरामीलाई यहीबाट रगत उपलब्ध हुने भएको छ।
 
नवलपुरमा दुर्घटनाका घटना धेरै हुने गरेकाले त्यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत तत्काल प्रदान गर्न सकिने छ।
 
जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना भए पनि यहाँ रहेका अस्पतालमा सङ्कलित रगत खपत हुने अवस्था नरहेकाले क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरमार्फत चितवनमा रगत पठाइने उनले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *