महराको थुनछेक बहस जारी, छुटलान् की जेल जालान्?

डिसी नेपाल
१८ कार्तिक २०७६ ११:३३

काठमाडौं। जबरजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सोमबार पनि सुरु भएको छ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधिश सुदर्शनराज पाण्डेको इजलासमा आइतबार सुरु भएको बहस नसकिएपछि सोमबार बिहान ११ बजेबाट फेरि सुरु भएको हो। बन्द ईजलासमा भएको थुनछेक बहसमा महराका वकीलहरुले बहस सुरु गरेका छन्।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि अबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका महराको बयान गत शुक्रबार सकिएको थियो। शुक्रबार समय अभावका कारण महराको थुनछेक बहस आईतबारबाट सुरु गरिएको थियो।

थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुना राख्ने, धरौटीमा छाडने वा तारेकमा रिहा गर्ने आदेश अदालतले दिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *