प्रकाण्डलाई रिहा नगरे खोसेर लाने विप्लवको चेतावनी, कालिकोटमा प्रदर्शन
कालिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न माग गर्दै कालिकोटामा जुलुस निकालिएको छ।
उनको गृहजिल्ला कालिकोटको माल्कोटमा स्थानीयबासी सडकमा उत्रिएका हुन् । सरकारले झुटो मुद्दा लगाएर नेकपाका पार्टी प्रवक्ता प्रकाण्डलाई बाराम्बार पक्राउ गरेको भन्दै नेकपा कालिकोटका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन्।
नरहरिनाथ गाँउपालिका-६ माल्कोटमा जन्मेका विश्वकर्मालाई झुटा मुद्दा लगाएर सरकारले पक्राउ गरी अन्याय गरेको भन्दै नेकपाका नेता तथा कार्यकर्ता र स्थानीयबासी प्रदर्शनमा उत्रिएका छन्।
नेकपाका पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसीको नेतृत्वमा कर्णाली ब्यूरो सदस्य कर्णबहादुर भण्डारी, जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदीप लगायत नेता कार्यकर्ताले प्लेकार्डसहित प्रदर्शन गरे।
विरोध प्रदर्शनपछि माल्कोटमा आयोजित कोणसभा कार्यक्रममा नेकपाका कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसीले प्रकाण्डलाई बाराम्बार पक्राउ गरेर मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको आरोप लगाउँदै तत्काल रिहा नगरे कडा प्रतिबाद गर्ने बताए।
उनले संघर्षका कार्यक्रमलाई बेवास्ता गरी सरकारले प्रकाण्डलाई रिहा नगरे जनताको भेलले खोसेर ल्याउने चेतावनी पनि दिए । ‘हामी क्रान्ति गरिरहेका छौँ, युद्ध गर्ने सोचमा छैनौँ’, उनले भने, ‘तर राज्यले आफूहरुलाई युद्ध गर्न बाध्य पार्दैछ ।’
Facebook Comment