एमसीसीविरुद्व फस्ट क्लास क्रिकेट आजदेखि, १४ वर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास खेल्दै

डिसी नेपाल
२० कार्तिक २०७६ ७:३४

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्व नेपालको तीन दिवसीय (फस्ट क्लास) क्रिकेट आजदेखि सुरु हुँदैछ । नेपाल भ्रमणमा रहेका एमसीसीसंग नेपालले पहिलो फस्ट क्लास क्रिकेट खेल्न लागेको हो । खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजेपछि सुरु हुनेछ ।

नयाँ कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गर्दैछन् । टिममा रहेका सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन् । त्यसैले कम्तीमा ९ नेपाली खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गर्नेछन् ।

करिब १४ बर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । सन् २००५ मा नेपालले युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको थियो । नेपालले नामिबियाको मैदानमा घरेलु टोलीविरुद्व अन्तिम पटक फस्ट क्लास क्रिकेट खेलेको थियो । त्यसयता नेपालले फस्ट क्लास क्रिकेट खेलेको छैन ।

नेपाल भ्रमणमा रहेको एमसीसीले यसअघि नेपालको यू–१९ र राष्ट्रिय टिमसंग एकदिवसीय क्रिकेट खेलेको थियो । उमेर समुहको टिमलाई हराएको एमसीसी सिनियर राष्ट्रिय टिमसंग भने पराजित भएको थियो । लगत्तै एमसीसीले मिक्स टिम सहित यू–१९ टिमसंग र पोखराको टिमसंग टी–ट्वान्टी म्याच खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *