एक वर्षभित्र २ अर्ब रुपैयाँ बचत गर्ने वायुसेवा निगमको दाबी

डिसी नेपाल
२० कार्तिक २०७६ १६:५७

काठमाडौं । नेपाल वायुसेवा निगमले एक वर्षभित्र २ अर्व भन्दाबढी रुपैयाँ बचत गर्ने दावी गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न उपाय लगाएर एक वर्षभित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने कार्ययोजना तय गरिएको जानकारी दिएका हुन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले बचतका लागि विमानमा अतिरिक्त इन्धन बोकेर हिडन नपर्ने व्यवस्था गरिएको पनि बताए । उनले विगत ४ महिनायता निगमले करिव ६० करोड बचत गर्न सफल भएको दावी पनि गरे ।

निगमले जापानको ओसाका उडान गरिएको र त्यो नाफामूलक हुने दावी पनि गरेको छ । निगमले आगामी मार्चसम्म साउदी अरवको रियाद, चीनको ग्वाङझाउ र जापानको नारितामा पनि उडान भर्ने योजना तय गरेको छ ।

निगमले विमान लिजमा लिने योजना पनि अघि सारेको छ । जहाजहरु खरिद गर्न बुद्धिमत्ता नहुने निष्कर्ष निकाल्दै लिजमा लिने तयारी गरिएको पनि निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष खरेलले विमान खरिद गर्ने कामले कसैले पनि हित नगर्ने भएकाले अव विमान लिजमा लिएर चलाउने योजना तय गर्नु परेको पनि स्पष्ट पारे ।

निगमले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्याउन उडान मूल्यलाई अझै सहज बनाउने तयारी पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *