भारतीय नक्शाबारे नेकपा प्रवक्ता भन्छन् ‘पार्टीमा छलफल भएको छैन’

डिसी नेपाल
२० कार्तिक २०७६ २०:५३

काठमाडौं। गएको सोमबार भारतले जारी गरेको आफ्नो नयाँ नक्शामा नेपालको भूभाग पनि समेटिएपछि भारतको विस्तारवादी नीति फेरि उजागार भएको छ।

यो विषयले नेपालमा तरंग ल्याइदिएपछि देशका प्रमुख दलहरुले आफ्नो धारणा सार्वजनिक गरे पनि दुई महत्वपूर्ण सत्तारुढ दल नेकपा र समाजवादी पार्टी मौन रहेका छन्। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले यो विषयमा पार्टीमा छलफल नभएको बताएका छन्।

बुधबार बेलुका डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘यो हाम्रो पहिलादेखिकै स्ट्याण्डको विषय हो, त्यसमा अडिग छौं तर, पार्टीमा छलफल भएको छैन। पार्टीमा छलफल भएपछि केही भनौला। तर, सरकारको जे धारणा हो हाम्रो पनि त्यहि हुन्छ।’

बुधबार परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतले एक पक्षीय रुपमा जारी गरेको नक्शा स्वीकार गर्न नसकिने बताइसकेको छ।

भारतले जारी गरेको नक्शामा नेपालको कालापानी र लिपुलेकसमेत परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *