ट्रेडिङमा ‘गो ब्याक इण्डिया’

डिसी नेपाल
२१ कार्तिक २०७६ ११:३१

काठमाडौं। भारतले हालै जारी गरेको आफ्नो नक्शामा नेपालको भूमिसमेत समावेस गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको छ। सरकार, प्रमुृख दलहरु, विद्यार्थी संगठन, पेशाकर्मी तथा बुद्धिजिवीहरुले भारतीय कदमको विरोध गरेका छन्।

बुधबार राजधानीलगायतका देशका विभिन्न स्थानमा स्थानमा ‘गो ब्याक इण्डिया’को नारा लागेको छ। यता सामाजिक सञ्जालहरुमा पनि यो गो ब्याक इण्डिया नारा भाइरल भइरहेको छ। बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा गो ब्याक इण्डिया ह्यास ट्याग ट्रेण्ड गरिरहेको छ।

नेपालमा गो ब्याक इण्डिया एक नम्बर ट्रेडिङमा आएको छ। यो समाचार तयार पार्दासम्म बिहीबार साढे ११ बजेसम्म करिब ५ हजार ट्वीट गरिएको छ।  २०७२ सालमा नेपालको संविधान जारी हुँदा नेपालमा पहिलो पटक गो ब्याक इण्यिाको नारा लागेको थियो।

यतिबेला भने सीमा मिचिएको विरोधमा यो नारा लागेको हो।  सुदुरपश्चिम प्रदेशमा पर्ने दार्चुला जिल्लाको कालापानी, लिम्पुयधरा र लिपुलेकलाई भारतले आफ्नो नक्शामा समावेस गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *