कास्की-२ मा विद्यासहित ६ जनाको उम्मेद्वारी दर्ता

डिसी नेपाल
२१ कार्तिक २०७६ १२:३२

काठमाडौँ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको एकमात्र प्रतिनिधिसभा कास्की २ मा सत्तारुढ दल नेकपाकी उम्मेद्वार विद्या भट्टराईले उम्मेद्वारी दर्ता गराएकी छन् ।

कास्कीका प्रमुख निर्वाचन अधिकृतले भट्टराईले १ नम्बरमा उम्मेदवारी दर्ता गरेको जानकारी दिए । भट्टराईको समर्थकममा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा छन् । बिहीबार ११ बजे प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भट्टराईले आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गरेकी हुन् ।

त्यस्तै २ नम्बरमा देशभक्तभ समाजका वीरबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गरेका छन् । विश्वकर्माको प्रस्तावक कृष्णबहादुर कामी रहेका छन् भने समर्थकमा नरमाया सुनार रहेकी छन् । त्यसैगरी ३ नम्बरमा नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाटले उम्मेदवारी दर्ता गरेका छन्।

४ नम्बरमा साझा पार्टीका रजनी केसी तथा ५ र ६ नम्बरमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी र कमलजङ्ग कुवँरले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *