कास्कीमा उम्मेदवारको मनोनयनपूर्व ठाउँ-ठाउँबाट र्‍याली

डिसी नेपाल
२१ कार्तिक २०७६ १२:५७

पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारको मनोनयनपूर्व दलहरुले पोखराका ठाउँठाउँबाट र्‍याली निकालेका छन् ।

घोषित निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएकोमा त्यसको तयारीमा दल जुटेका हुन् ।

उम्मेदवारी दर्ता गर्न जानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पोखराको शान्ति वनस्थित जिल्ला पार्टी कार्यालयबाट जुलुससहितको र्यायाली निकालेको छ।

त्यस्तै नेपाली काङ्ग्रेसले पोखरा सभागृहबाट सांस्कृतिक झाँकीसहित र्‍याली निकालेको छ भने समाजवादी पार्टीको र्‍याली पनि पोखरा सभागृहबाट शुरु भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीचोकबाट र्‍याली निकालेको छ । र्‍यालीमा दलका केन्द्र एवं जिल्लास्तरका नेता सहभागी छन् ।

पोखरा महानगरपालिकाअन्तर्गत ११ वटा वडामा समेटिएको कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । निर्वाचनका लागि ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *