म्यानचेस्टर यूनाइटेडको लज्जास्पद हार
प्रिमियर लिगमा मंगलबार राति टोट्नह्याम हट्सपरले म्यानचेस्टर यूनाइटेडलाई लज्जास्पद हार चखाएको छ।
यूनाइटेडको घरेलु मैदान ओल्ड ट्रोफिडमै भएको खेलमा घरेलु दर्शक सामु नै हट्सपरले उसलाई ३–० ले निरीह बनायो। तीन खेलमा यूनाइटेडको यो दोस्रो हार हो।
सानदार जित निकाल्दै हट्सपरले भने तीनवटै खेलमा शतप्रतिशत जित हात पारेको छ।
पहिलो हाफ प्रतिस्पर्धी भएपनि दोस्रो हाफमा हट्सपरले उत्कृष्ट खेल पस्क्यो। उसले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो।
५२औं मिनेटमा विश्वकपका गोल्डन बुट विजेता ह्यारी केनले हट्सपरलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि लुकास मोउराले दुई गोल थपे।
लगातार तेस्रो जितसँगै हट्सपर ९ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि गोलअन्तरका आधारमा लिभरपुल शीर्ष स्थानमा छ ।
यसअघि ब्रिघटनसँग पराजित म्यानचेस्टरले पुनरागमन गर्ने प्रशिक्षक जोसे माउरिन्होको सोचलाई खेलाडीहरुले निराशामा बदली दिएका थिए। यूनाइटेड भने १३ औं स्थानमा झरेको छ।
Facebook Comment