उम्मेद्वारी दर्तासँगै विद्या भट्टराईले सुरु गरिन् चुनावी अभियान

डिसी नेपाल
२१ कार्तिक २०७६ १४:०६

पोखरा। मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान  रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गरेकी छन्।

आफ्नो चुनावी अभियान शुरू गर्न गृह स्थान पुगेकी विद्यालाई स्वागत गर्दै उक्त ठाउँका बासिन्दाले रविन्द्रको सपना पुरा गर्न र समग्र देशलाई समृद्धिपथमा अगाडि बढाउन आग्रह गरेका थिए।

भेटघाट कार्यक्रममा निर्वाचनका प्रत्यासी भट्टराईले आवश्यकता र चाहनाका कारण अव आफू रविन्द्रको उत्तराधिकारी भएर निर्वाचनमा होमीएको भन्दै कास्की क्षेत्र नं. २ को भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने भन्दै सम्पूर्ण जनसमुदायहरूलाई शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरिक हुन आग्रह गरिन्।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भिम कार्कीले पार्टीका क्षमतावान, बौद्धिक नेतृ, विद्या भट्टराईलाई उम्मेदवार बनाएको भन्दै आउने दिनमा उनको भूमिकाले क्षेत्र र जिल्लाको विकासमा महत्वपूर्ण स्थान राख्ने हुँदा बिजयी गराउन आग्रह गरिन्।

उम्मेदवार कास्कीका संयोजक धनराज आचार्यले रविन्द्रको विरासत अगाडि बढाउन विद्याको महत्वपूर्ण भूमिका हुनेकुरामा दुविधामा नरहेको भन्दै पार्टी र आम जनसमुदायहरूलाई विश्वस्त हुन आग्रह गरे।

कार्यक्रममा अनेरा स्ववियूका केन्द्रीय नेता रश्मि आचार्यले नेपाली राजनीतिक इतिहासमा अव्वल र समृद्धिका सम्वाहक रविन्द्र अधिकारी जस्ता अनुकरणीय नेता भरतपोखरीले गरेको भन्दै भरतपोखरीको सामु फेरि आएको यो अवसरलाई भरपुर प्रयोग गर्न पछि पर्न नहुने बताइन्।

यस लगत्तै भट्टराईलै भरतपोखरी स्थित सहित तुलराज आचार्यको फोटोमा माल्यार्पण सहित निर्वाचन कार्यालय पुगी आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन्। उनको प्रस्तावकमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र समर्थकमा नेकपा नेतृ प्रभा कोइराला रहेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *