टेण्डर खोल्ने १ दिनअघि राहदानीको टेण्डर प्रक्रिया नै रद्द

डिसी नेपाल
२२ कार्तिक २०७६ ११:२८

काठमाडौं। परराष्ट्र मन्त्रालयले राहदानी छपाइको टेण्डर प्रक्रिया रद्द गरेको छ । मन्त्रालयअन्तर्गतको राहदानी विभागले गएको अगष्ट २७ मा राहदानी छपाइका लागि विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो । यो सूचनापछि परेका टेण्डरहरु आज खोल्ने कार्यक्रम थियो ।

तर, विभागले हिजो राती एक सूचना जारी गर्दै यससँग सम्बन्धित सबै प्रक्रियाहरु खारेज गरेको जानकारी दिएको छ । सूचनामा नेपाल सरकारको निर्णय अनुसार प्रक्रिया खारेज गरिएको भनिए पनि यसको कारण भने खुलाइएको छैन । सूचनामा अर्को पटक कहिले टेण्डर खोलिने वा यो प्रक्रिया अब अगाडि के हुने भन्ने विषयमा पनि कुनै जानकारी छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *