सीमा विवादका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

डिसी नेपाल
२३ कार्तिक २०७६ ७:००

काठमाडौं। नेपाली भूमि समेटेर भारतले नयाँ नक्सा सार्बजनिक गरेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको कार्यायका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवादका विषयमा समान धारणा बनाउन सर्वपक्षीय बैठक आह्वान गरिएको हो । बैठक अपरान्ह ४ बजे बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त सर्बदलिय बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, संसदमा रहेका सबै दल र सीमा विद्हरु सहभागि हुनेछन् ।

भारतले जारी गरेको नक्सामा नेपाली भूमि पनि समेटिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलगायतका दलहरुले यो विषयमा एकजुट बनाउन प्रधानमन्त्री ओलीले पहल गर्नुपर्ने बताउँदै आएका थिए ।

भारतले जारी गरेको विवादित नक्साको विरोधमा देशभर प्रदर्शन भइरहेका छन्। काठमाडौंस्थित भारतीय दूतावास अगाडि पनि दैनिकजसो विरोध प्रदर्शन भईरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *