साग तोकिएकै समयमा हुने

डिसी नेपाल
२३ कार्तिक २०७६ २१:०५

काठमाडौं। नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित समयमै हुने भएको छ । नेपाल ओलम्पिक कमिटी एवं दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले साग निर्धारित समयमै गर्ने निर्णय गरेको हो । सागको निर्धारित मिति मंसिर १५ देखि २४ गतेसम्म हो ।

तयारीलगायतका विषयले गर्दा साग सर्ने सम्भावना रहेको चर्चा चलिरहेका बेला यस्तो निर्णय आएको हो।

तर, सागमा अफगानिस्तान सहभागी नहुने र केही खेलमा भारत र पाकिस्तान सहभागी नहुने विषयले भने यो खेलकुद महाकुम्भ फिक्का हुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *