महोत्सवबाट भ्रमण वर्षलाई सहयोग पुग्छ : मन्त्री भट्ट
कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले महोत्सव आयोजनाबाट सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने बताएका छन् ।
पञ्चेश्वर गाउँपालिकामा जारी ‘राष्ट्र निर्माण महामहोत्सव’मा मन्त्री भट्टले सुदूरपश्चिममा थुप्रै धार्मिक तथा पर्यटकीय स्थल रहेका भए पनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको बताए ।
उनले भने, ‘महोत्सवले प्रचारप्रसारमा सहयोग पुग्छ ।’ जिल्लाको पाँच स्थानमा पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटकीय सडकको प्रस्ताव अगाडि बढाएको मन्त्री भट्टले जानकारी दिए । ‘औद्योगिक ग्राम खोल्ने तयारी छ’, उनले भने ।
सो अवसरमा मन्त्री भट्टलाई गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पञ्चेश्वरमा हुन सक्ने औद्योगिक क्षेत्रको नाम र गाउँपालिकभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन, गापामा रहेका सामुदायिक वनको संरक्षण संवद्र्धनका लागी विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।
धार्मिक, पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसारका लागि महामहोत्सव आयोजना गरिएको अध्यक्ष चन्दले बताए ।
Facebook Comment