आर्थिक अनियमिताको आरोप लागेको राज्यमन्त्री रावलद्वारा राजीनामा
![आर्थिक अनियमिताको आरोप लागेको राज्यमन्त्री रावलद्वारा राजीनामा](https://www.dcnepal.com/wp-content/uploads/2019/11/Prakash-Rawal-Minister-Sudur-Pashchim-Province.jpg)
काठमाडौं। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्।
करिव १६ करोड ठगी गरेको आरोप लागेका राउव विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा दर्ता भएको छ। उनीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानवीन सुरु गरेको छ।
रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा क्षेत्र ९क० बाट २०७४ सालमा भएको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनीविरूद्ध जनज्योति एजुकेशनल फाउन्डेशनको सेयर रकम करिब १६ करोड रूपैयाँ ठगी गरेको आरोप छ।
प्रतिक्रिया
Facebook Comment