कुवेत पुगेको डेढ महिनामै एक नेपालीको मृत्यु

डिसी नेपाल
२४ कार्तिक २०७६ १६:३०

काठमाडौं । रोजगारीको लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –२, सुकेडाँगी दाङका ३६ वर्षीय जबिन्द्र परियारको त्यहाँ पुगेको डेढ महिना नबित्दै उपचारको क्रममा ज्यान गएको हो ।

परियार गत सेप्टेम्बर २७ तारिखका दिन मरिना थाई रेष्टुरेन्टमा कामका लागि कुवेत पुगेका थिए । दुई दिन मात्रै ड्युटी गरेका उनलाई एक्कासी टाउको दुखेपछि अक्टोबर २ तारिखमा फर्वानियाको अल सिफा अस्पातमा पुर्याईएको थियो । तर उनको त्यहाँ उपचार हुन नसकेपछि एक हप्तामा फर्वानिया अस्पातलमा रिफर गरिएको थियो ।

अस्पतालले जनाएअनुसार उनलाई मस्तिस्कमा क्षयरोग लागेको र लामो समय उपचार गर्दा पनि डाक्टरले बचाउन नसकेको मुतकका भाई शैलेन्द्र परियारले जानकारी दिए । परियारको शनिबार राती मृत्यु भएको हो । उनको घरमा एक छोरा एक छोरी रहेको बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *