जापानी राजदम्पत्ती राजकीय जुलुसमा सहभागी, नागरिकबाट भब्य स्वागत

डिसी नेपाल
२५ कार्तिक २०७६ ६:१२

टोकियो, जापान । सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आँधीका कारण स्थगित भएको राजकीय जुलुस आइतबार सम्पन्न भएको छ।

गद्दी आरोहण कै प्रक्रिया अन्तर्गत जापानी राज परम्परा अनुसार हुने कवाजसहितको जुलुस दरबारबाट करिब ४.६ किलोमिटरको दुरी पार गरी राजदम्पत्तीको निवासमा पुगी सम्पन्न भएको हो।

आइतबारको कार्यक्रममा हजारौँ नागरिकले राजदम्पत्तीलाई अभिनन्दन गरेका दृष्यहरू जापानी टेलिभिजन एनएचकेले प्रत्यक्ष देखाएको थियो।

समारोहमा प्रधानमन्त्री सिन्जो आवे, राजकुमार अकिसिनोलागायतका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो।

शहरका सडकका दुई किनारामा बसेका नागरिकले राजदम्पत्तीलाई अभिनन्दन गर्न पाउँदा निकै खुशी देखिएका थिए।

राजकीय जुलुसमा नागरिकद्वारा राजदम्पत्तीलार्ई स्वागत गर्ने जापानी परम्परा हो । यससँगै गद्दी आरोहणका सम्पूर्ण कार्यक्रम सम्पन्न भएका छन्।

राजगद्दी आरोहणका अन्य औपचारिक कार्यक्रम यस पहिले नै सम्पन्न भइसकेपनि जापानमा करिब ८० जनाको ज्यान जानेगरी गत महिना आएको आँधीका कारण परेड तथा राजकीय जुलुस स्थगित गरिएको थियो।

शनिबार राति राजदरबारमा एक भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। बीस हजार पाहुनालाई आमन्त्रण गरिएको कार्यक्रममा छब्बीस हजार दर्शक सहभागी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *