लालसिंह चढ्ढाको शुटिङ सेटबाट आमिर र करिनाको लुक बाहिरियो

डिसी नेपाल
२५ कार्तिक २०७६ १६:४५

काठमाडौँ । बलिउडका मिस्टर पर्फेक्सनिस्ट आमिर खानले आफ्नो नयाँ फिल्म लालसिंह चढ्ढाको शुटिंग शुरु गरेका छन् । यस फिल्ममा आमिर खानसँग थ्री इडियट्स र तलाश जस्ता सुपरहिट फिल्ममा सँगै काम गरेकी अभिनेत्री करीना कपुरले काम गर्दै छन् । लालसिंह चढ्ढाको पहिलो चरणको शुटिंग सकिएको छ । अब दोस्रो शेड्युलको शुटिंग पंजावमा हुने भएको छ ।

लिक भएको आमिर खानको फिल्मको लुक अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ । लामो दारी पालेका आमिर खान सरदारको ड्रेसमा उत्कृष्ट देखिएका छन् । हलिउडको फिल्म फरेष्ट गंपको हिन्दी रिमेकमा बन्न लागेको लाल सिंह चढ्ढा बन्न लागेको हो ।

यो फिल्म २०२० को क्रिसमसमा रिलिज हुने बताइएको छ भने यस फिल्मलाई अद्वैत चन्दनले निर्देशन गर्दै छन् । अतुल कुल्कर्णीले यस फिल्मको स्क्रिप्ट लेखेका छन् भने यस फिल्मको निर्माण आमिर खान प्रोडक्सन र भायाकम १८ मिलेर गर्दै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *