इरानमा फेला पर्‍याे विशाल तेल भण्डार

डिसी नेपाल
२६ कार्तिक २०७६ ७:५३

बीबीसी। इरानमा तेलको विशाल भण्डार फेला परेको छ। यो तेल भण्डारमा ५३ अरब ब्यारल तेल भएको अनुमान गरिएको छ। इरानका राष्ट्रपति हसन रुहानले इरानमा विशाल तेल भण्डार फेला परेको घोषणा गरेका हुन्।

चौतर्फी आर्थिक प्रतिवन्ध झेलिरहेको इरानका लागि यो निकै सुखद समाचार हो। विगत एक दशकमा इरानको अर्थव्यवस्था निकै अप्ठेरो स्थितिमा रहेको छ।

यो तेल भण्डार दक्षिण–पश्चिम इरानको २ हजार चार सय वर्गकिलोमीटरमा फैलिएको छ। इरानका राष्ट्रपतिका अनुसार यो इलाका इरानको खुजेस्तान प्रान्तमा छ।

तेल निर्यात देशको संगठन अर्गनाइजेशन अफ द पेट्रोलियम एक्पोर्टिङ कन्ट्रिज (ओपेक) को इरान संस्थापक देश हो। इरानसँग अहिले कुल प्रमाणित तेल भण्डार १५५.६ अर्ब ब्यारल छ। नयाँ खोजपछि इरानको कुल तेल भण्डारमा ३४ प्रतिशत तेल थपिएको छ।

अमेरिकी इनफर्मेशन एनर्जी एडमिनिस्ट्रेशनका अनुसार इरान विश्वको चौथो सबैभन्दा ठूलो तेल भण्डार भएको देश हो भने विश्वको दोस्रो ठूलो ग्यास भण्डार भएको देश हो।

गत महिना इरानले प्राकृतिक ग्यासको नयाँ खोजबाट राजस्वमा ४० प्रतिशत अर्ब फाइदा भएको जनाएको थियो। इरानी राष्ट्रपतिले यी खोजबाट विश्वमा इरानसँग तेलको तेस्रो ठूलो भण्डार भएको बताए।

यी नयाँ भण्डारको घोषणा गर्दै इरानी राष्ट्रपति रुहानीले अमेरिकाको आलोचना गरे। समाचार एजेन्सी एएफपीका अनुसार रुहानीले भने–हामी अमेरिकालाई भन्न चाहन्छौं की हामी धनी मुलुक हौं। र, तपाइँको शत्रुतासँग कठोर प्रतिबन्धका बावजुद इरानको तेल उद्योगमा इन्जिनियरले नयाँ तेल क्षेत्र खोजेका छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *