बाणको शैय्याबाट भिष्म पितामहको यी उपदेश

डिसी नेपाल
२६ कार्तिक २०७६ ८:१३

काठमाडौं। महाभारत युद्ध अन्तिम चरणमा थियो। भिष्मपितामह बाणको शैय्यामा थिए। भिष्मपितामह हस्तिनापुर सुरक्षित भएको देखेपछि प्राण त्याग्ने योजनामा थिए।

महाभारत पाण्डव पक्षले जितेपछि भिष्मपितामहले प्राण त्याग्ने योजना बनाए। अन्तिम अवस्थामा श्रीकृष्णको आग्रहमा धर्मलाई ध्यानमा राख्दै भिष्म पितामहले राजधर्म, मोक्षधर्म र आपदधर्म आदिका विषयमा मूल्यवान उपदेश विस्तारले सुनाए।

भिष्म पितामहले आफ्नो उपदेशमा जो कुरा उल्लेख गरेका थिए, ती विषय आजको समयमा पनि पालन गरिन्छ। यो उपेदेश भिष्मपितामहले त्यतिबेला दिएका थिए जतिबेला उनी बाणको शैय्यामा सुतेका थिए। तब युधिष्ठिरले भिष्मपितामहको लामो उमेर तथा स्वस्थ्य जीवनको रहस्यका विषयमा जान्ने इच्छा जनाएका थिए।

आज हामी महाभारतमा भिष्म पितामहले दिएका उपदेशका विषयमा जानकारी दिँदैछौं।
१. मनलाई आफ्नो वशमा राख्नु
२. घमण्ड नगर्नु
३.बढ्दो इच्छालाई रोक्नु
४. कसैले छुद्र व्यवहार गरेपनि उत्तर नदिनु
५. आफूमाथि आक्रमण नै भएपनि शान्त रहनु
६. अतिथि तथा दिनहीनलाई आश्रय दिनु
७.नियमपूर्वक शासत्र पढ्नु र सुन्नु
८. दिउँसो नसुत्नु
९. आफूले सम्मान पाउन इच्छा नराखेर अरुको सम्मान गर्नु
१०.क्रोशलाई नियन्त्रण गर्नु
११. स्वादका लागि होइन, स्वास्थ्यका लागि भोजन गर्नु




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *