आश्चर्यजनकः अस्ट्रेलियामा लागेको भीषण डढेलोको कारण नेपालको मनसुन !

डिसी नेपाल
२६ कार्तिक २०७६ १३:३६

काठमाडौं। अस्ट्रेलियाको जंगलमा लागेको भीषण आगोको ठूलो कारण नेपालको मनसुन ढिलो फर्किनु रहेको आश्चर्यजनक खबर सार्वजनिक भएको छ । जंगलमा लागेको आगोका विषयमा अनुसन्धान गरिरहेका एक वैज्ञानिकले यस्तो दावी गरेका हुन् । जंगलमा लागेको यो आगोका कारण अहिलेसम्म ३ जनाले ज्यान गुमाइसकेका छन् । १५० घर जलेका छन् र हजारौं नागरिकले आफ्नो घर छाड्नुपरेको छ ।

मेलबर्न विश्वविद्यालयका वैज्ञानिक ट्रेन्ट पेनहमका अनुसार अस्ट्रेलियामा लागेको यो आगोको पछाडिको कारण नेपालसहित दक्षिण एसियाली मनसुन ढिलो समाप्त हुनु हो । पेनहमका अनुसार संसारभर बदलिने मौसम एक आपसमा जोडिएका हुन्छन् । यिनीहरुलाई अलग गरेर हेर्न सकिन्न । अर्थात कहीँ जाडो हुँदा कहीँ गर्मी हुन्छ तर यी सबै एक अर्कासँग कुनै न कुनै तरिकाले जोडिएका हुन्छन् ।

तर आश्चर्यजनक कुरा त यो हो कि दक्षिण एशियाली मनसुन ढिलो जानुले १० हजार किलोमिटर टाढाको अस्ट्रेलियाको कुनै इलाका (डार्विन जहाँ आगो लागेको छ) मा असर पार्छ ? दक्षिण एशियामा यस वर्ष अक्टोबर महिनाको बीचसम्म भारी वर्षा भएको थियो । यसअघिका वर्षहरुमा दक्षिण एशियामा मनसुन हरेक वर्ष जूनदेखि सेप्टेम्बरको बीचमा समाप्त हुन्छ । त्यसपछि मनसुनी हावा दक्षिणतिर जान्छ ।

ट्रेन्ट पेनहमका अनुसार यसअघिका वर्षहरुमा यो समयमा अस्ट्रेलियाको यी क्षेत्रमा वर्षा हुन्थ्यो जहाँ अहिले आगो लागिरहेको छ । तर वैश्विक स्तरमा मौसममा भएको बदलावका कारण अस्ट्रेलियाको पूर्वी तट अत्याधिक गर्मी भयो । यले त्यो क्षेत्र आगोको चपेटामा पर्ने जोखिम बढेको छ । भयावह आगोका लागि यी परिस्थिति अनुकूल हुन्छन् जो यतिबेला अस्ट्रेलियामा देखिएको छ ।

जंगलमा लागेको भयावह आगोका कारण अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा ७ दिनको लागि संकटकाल घोषणा गरिएको छ । यहाँ करिब ८.५० लाख हेक्टर जमिन आगोका कारण बर्बाद भइसकेको छ । यतिमात्र होइन सिड्नी शहर पनि आगोको चपेटामा आउने खतरा बढेको छ । यो पनि भनिएको छ कि अहिलेको स्थिति १० वर्षको इतिहासमा सबैभन्दा भयावह हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *