देशको राष्ट्रवादी शक्ति राप्रपा : अध्यक्ष थापा

डिसी नेपाल
२६ कार्तिक २०७६ २२:४२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले देशमा राष्ट्रवादी शक्ति राप्रपा भएको दावी गरेका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रचारप्रसारका सन्दर्भमा पार्टीद्वारा पोखराको बिरौटामा आज आयोजित चुनावी सभामा उहाँले देशमा राष्ट्रवादी शक्ति आवश्यक भएको बताए ।

नेकपा र काङ्ग्रेसको विकल्प पार्टी राप्रपा भएको बताउँदै उनले विदेशी दबाबमा हिन्दू धर्म परिवर्तन गराउने सोच कदापि पूरा हुन नसक्ने उल्लेख गरे ।

नेपालको पहिचान सङ्कटमा परेको बताउँदै अध्यक्ष थापाले राप्रपा सत्ता नभई जनता केन्द्रित पार्टी भएको र देशको विकासका लागि लड्न कहिल्यै पछि नहट्ने स्पष्ट पारे ।

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था राप्रपाको एजेन्डा भएको बताउँदै उनले राष्ट्रिय स्वतन्त्रता, एकता र अखण्डताको संरक्षण, सुशासन, पूर्ण धार्मिक स्वतन्त्रतासहित धर्म सापेक्ष सनातन हिन्दू राष्ट्र कायमका लागि राप्रपा सधैँ लडिरहने उल्लेख गरे ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री तोरणबहादुर गुरुङ, सहायक महामन्त्री मदनबहादुर कार्की लगायतले बोलेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *