मानिसको असली पहिचान धन सम्पत्तिले होइन, व्यवहारले चिनिन्छ
काठमाडौं। कुनै व्यक्तिको पहिचान धन सम्पत्तिले होइन, उसको व्यवहारले हुन्छ। यो विषयमा एउटा प्रचलित लोक कथा छ। कथाका अनुसार प्राचीन समयमा एक जना राजाको दरबारमा एक अपरिचत व्यक्ति काम माग्न गए। राजाले उनलाई तिम्रो रुची के मा छ भनेर सोधे।
ती व्यक्तिले जवाफमा भने–महाराज! म कुनै व्यक्त र जनवारलाई हेरेको भरमा उसको बारेमा सबै कुरा भन्न सक्छु।’
राजालाई उनको कुरा मन पर्यो र उनलाई घोडाको रेखदेख गर्ने काममा नियुक्त गरे। ती व्यक्ति अब शाही घोडाको रेखदेख गर्न थाले। केही दिनपछि राजाले आफ्नो प्रिय घोडाका बारेमा सेवकसँग सेधे। सेवकले भने–महाराज ! यो घोडा ठूलो नस्लको होइन।’ सेवकको यस्तो कुरा सुनेर राजाले ती व्यक्तिलाई बोलाए जोसँग घोडा किनेका थिए।
ती व्यक्तिले राजालाई यो घोडाा ठूलो नस्लको भएको बताए। साथै उनले घोडा जन्मिने वित्तिकै यसको आमाको मृत्यु भएको र त्यसपछि उक्त घोडाले गाईको दूध पिएर ठूलो भएको बताए।
फेरि राजाले सेवकलाई यो घोडा ठूलो नस्लको होइन भन्ने कुरा कसरी थाहा भयो भनेर सोधे।
जवाफमा सेवकले भने–महाराज ! ठूलो नस्लको घोडा घाँस खाँदा आफ्नो मुख माथि लैजान्छ। जबकि यो घोडा घाँस खाँदा गाईले जस्तो मुखलाई तल नै राख्छ।’
राजा यो कुरा सुनेर निकै खुशी भए। राजाले सेवकलाई धेरै अन्न, गाई, बाख्रा उपहार दिए। र उनलाई आफ्नी रानीको सेवामा नियुक्त गरे।
केही दिनपछि राजाले सेवकलाई बोलाए र उनले रानीका विषयमा सोधे। सेवकले राजासँग भने–महाराज ! रानी कुनै शाही परिवारकी सदस्य होइनन्।’ यो कुरा सुनेर राजा चिन्तामा परे। राजाले तत्काल आफ्नी सासूलाई बोलाए। सासूलाई राजाले सेवकले भनेको कुरा सुनाए। राजाकी सासूले सेवकको कुरा सही भएको बताइन्।
राजाकी सासूले भनिन्–जब हाम्रो परिवारमा छोरीले जन्म लिएकी थिइन्, तब तपाइँको बुवा र मेरा श्रीमानले तपाइँहरुबीच विवाह हुने कुरा पक्का गर्नु भएको थियो। जब छोरी ६ महिनाकी भइन् तब उनी बिमारी भएर मृत्यु भयो। हामी तपाइँको परिवारसँग हाम्रो सम्बन्ध टुटोस भन्ने चाहँदैन थियौं। त्यसपछि हामीले एक जना सेवकको छोरीलाई धर्मपुत्री बनायौं अनि तपाईँसँग विवाह गराएका हौं।’
फेरि राजाले सेवकलाई रानीका विषयमा यी सबै कुुरा कसरी थाहा भयो भनेर सोधे।
सेवकले भने–महाराज! महारानीको व्यवहार सेवकप्रति निकै खराब छ। उहाँलाई सेवकसँग कसरी कुरा गर्ने भन्ने नै थाहा रहेनछ। जबकि शाही परिवारका महिला सेवकसँग निकै राम्रो व्यवहार गर्छन्।’
उनको कुरा सुनेर राजा निकै खुशी भए। उनलाई फेरि धेरै उपहार दिएर आफ्नो सेवा गर्न नियुक्त गरे।
केही समयपछि राजाले सेवकलाई बोलाए र आफ्नो बारेमा सोधे। तब सेवकले राजालाई आफूले सत्य बनाउने तर कुनै सजाय नदिने कुराप्रति प्रतिवद्धता खोजे। राजाले प्रतिवद्धता पनि जनाए। सेवकले राजालाई पनि शाही परिवारको नभएको जनाए।
यो कुरा सुनेर राजा क्रोधित भए। तर आफ्नो वचनका कारण केही गर्न सकेनन्। राजा तत्काल आफ्नी आमा भएको ठाउँमा पुगे। आमाले सेवकको कुरा सत्य भएको बताइन्। उनकी आमाले आफूहरुको कुनै सन्तान नभएपछि तिमीलाई धर्मपुत्र पालेको बताइन्।
राजाले सेवकलाई सो कुरा कसरी थाहा पायौ भनेर सोधे। सेवकले शाही परिवारका व्यक्तिले आफू खुशी हुँदा सेवकलाई हिरा, मोती उपहार दिन्छन्। तर तपाईँले मलाइ गाई बाख्रा, अन्न उपहार दिनु भयो। यस्तो उपहार त राजाले दिँदैनन् भने।
यो कथाबाट के शिक्षा पाइन्छ भने मानिसको पहिचान उसको धन सम्पत्तिले होइन, उसको व्यवहार र वानी व्यहोरले मात्र चिनिन्छ। त्यसकारण हामीले आप्नो व्यवहार राम्रो बनाउनुपर्छ।
Facebook Comment