यू–१९ च्यालेन्जर्स क्रिकेटअन्तर्गत आज नेपालले भारत ‘ए’सँग खेल्दै
काठमाडौं । यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा आज भारतको ए टिमसंग प्रतिस्पर्धा गर्दैछ । भारतको हैदरावादस्थित राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे सुरु हुनेछ ।
सुरुवात खेल गुमाएका दुवै टिमलाई खेलमा फर्कन जित आवश्यक छ । पहिलो खेलमा ए टिमका जय गोहिलले ९९ रनको ईनिङ्स खेल्दा समेत टिम बी टिमसंग पराजित हुन पुगेको थियो ।
अर्कोतर्फ नेपाल भने भारतको सी टिमसंग फराकिलो अन्तरले हर ब्यहारेको थियो । नेपालले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य सी टिमले २१.१ ओभरमा विना विकेटको क्षतीमा पुरा गरेको थियो ।
भारतले आयोजना गरेको सिरिजमा नेपाल सहित भारतको ए, बी र सी टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
Facebook Comment