ठाकुरको दुवै हात काट्ने गब्बरले निधन हनु भन्दा पहिला यसो भनेका थिए
मुम्बई। हिन्दी सिनेमामा अहिले पनि भिलेनको नाम लिँदा सबैभन्दा पहिला ‘गब्बर’ अमजद खान को नाम सबैले सम्झिन्छन्। फिल्म शोलेमा डाकुको भूमिका निर्वाह गरेका गब्बर भिलेन बनेर अमर भए। गब्बरको वास्तविक नाम अमजद खान हो।
उनले त्यसो त धेरै फिल्ममा विभिन्न भूमिका निर्वाह गरे तर, शोले फिल्मका गब्बरले उनको करियर उचाइमा पुर्यायो। अमजद खानलाई आज पनि मानिसहरु गब्बर सिंह भनेर नै चिन्दछन्। आज हामी गब्बर सिंहका विषयमा यहाँहरुलाई जानकारी दिन गइरहेका छौं।
अमजद खानको जन्म १२ नोभेम्बर १९४० मा पाकिस्तानको पेशावरमा महान अभिनेता जयंतको घरमा भएको थियो।
अमजद खानले आफ्नो करियरमा १३० फिल्ममा काम गरे। उनको करियर २० वर्ष लामो थियो। अमजदका दुई भाइ इम्तियाज खान र इनायत खान पनि अभिनेता थिए।
फिल्ममा आउनुपूर्व अमजद थिएटरमा कलाकार थिए। उनलाई पहिलो भूमिका १९५१ मा रिलीज भएको फिल्म ‘नामनीन’ मा प्राप्त भएको थियो। त्यो बेला उनको उमेर मात्र ११ वर्षको थियो। त्यसपछि अमजदले केही फिल्ममा आफ्ना बुवा जयन्तसँग सानो भूमिकामा अभिनय गरेका थिए।
अमजद खानले १९७२ मा आफ्ना बाल्यकालका साथी शहलासँग विवाह गरेका थिए। तर विवाह पूरा हुन पाएन।
१९७५ मा अमजदले फिल्म शोलेमा गब्बर सिंहको भूमिका निर्वाह गरे। यद्यपी यो भूमिका अमजदलाई मन परेको थिएन। किनभने जावेद अख्तर (जसले सलीम खानसँग मिलेर फिल्मको कहानी लेखेका थिए) लाई अमजद खानको आवाज गब्बर सिंहको भूमिकाको हिसावले दमदार लागेको थिएन।
जावेद अख्तर गब्बरको भूमिकामा डेनीलाई लिन चाहन्थे। तर फेरि सलीमले गब्बरको भूमिकाका लागि अमजदलाई दिनुपर्ने अडान राखे। र अमजदले गब्बरको भूमिका निर्वाह गरेर इतिहास रचे।
अमजद खानलाई जब गब्बर सिंहको भूमिकाका लागि काम गर्न भनियो त्यो बेला उनको उमेर ३५ वर्षको थियो।
अमजद खान अभिताभ बच्चनसँग फिल्म ‘द ग्रेट ग्याबलर’ मा काम गरिरहेका थिए। फिल्मको शुटिङ गुवामा हुने वाला थियो। र त्यसका लागि अमजदको परिवार गोवामा जाँदै थियो। तर बाटोमा उनको गाडी ठूलो दुर्घटनामा पर्यो। यो भयानक दुर्घटनामा अमजद खानका १४ वटा हड्डी भाँचियो भने गाडीको स्टेरिङ फोक्सोमा पस्यो।
दुर्घटनापछि अमजद खानको नराम्रो यात्रा सुरु भयो। उनी बिमारी भए। उनको वजन बढ्न सुरु भयो। अमजद खान यस्ता मानिस थिए, जो फिटनेसप्रति निकै सजग थिए। तर दुर्घटनापछि उनको वजन यति धेरै बढ्यो की उनी कोमामा गए। यद्यपी छिटै उनी ठिक पनि भए।
१९४ जुलाई २७ राति अमजद खानले यो संसार छोडे। अमजद सधैं भन्ने गर्थे–म पाँच मिनेट मै मर्छु। कसैले थाहा पनि पाउने छैनन्। म सबैलाई पनि सेवा गराउँदिन।’
Facebook Comment