नेपालमा जारी भारतविरोधी आन्दोलनलाई चीनतर्फ मोड्ने भारतीय मिडियाको प्रयास

डिसी नेपाल
२७ कार्तिक २०७६ १०:४७

काठमाडौं। नेपालमा गत हप्तादेखि नै भारतविरोधी आन्दोलन जारी छ । नेपालका विभिन्न स्थानमा भारतको विरोधमा आन्दोलन भइरहेका छन् । भारतले जारी गरेको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय सीमाभित्र देखाइएपछि नेपालीहरु गो ब्याक इण्डिया नारासहित आन्दोलनमा छन् । तर, यी कुनै पनि गतिविधि भारतीय मिडियामा प्राथमिकताको समाचार बनेनन् ।

अहिले भारतले नेपालका नगण्य रुपमा सोमबार देखिएको चीनविरोधी घटनालाई निकै प्राथमिकताका साथ प्रकाशित गरेको छ । भारतीय मिडिया आज तकले नेपालीहरु चीनविरुद्ध सडकमा उत्रिएको र चिनिया राष्ट्रपति सी जिनफिङको पुत्ला जलाएको भन्दै समाचार प्रकाशित गरेको छ । आज तकको यो समाचारलाई नेपालमा जारी भारतविरोधी आन्दोलनलाई चीनतर्फ मोडेर भारतलाई चोख्याउने प्रयासको रुपमा बुझिएको छ ।

समाचारमा आज तकले चीनले नेपालको सीमा मिचेको उल्लेख गरेको छ । सप्तरी, बर्दिया, कपिलवस्तुमा नेपालीहरुले चीनको विरोध गरेको समाचारमा उल्लेख छ । संखुवासभा, रसुवा, सिन्धुपाल्चोर र हुम्लामा गरी चीनले केही हेक्टर जमिन अतिक्रमण गरेको उल्लेख छ । चीनको महत्वाकांक्षी सडक परियोजनाका क्रममा नेपालको भूमि अतिक्रमण भएको माचारमा उललेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *