मोड्रिचले जिते १७औ गोल्डेन फुट अवार्ड

डिसी नेपाल
२७ कार्तिक २०७६ १२:२२

एजेन्सी । रियल मड्रिड तथा क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले २०१९ गोल्डेन फुट अवार्ड जितेका छन् ।

मोड्रिच मोनाकोमा उक्त अवार्ड लिनका लागि आएका छन् । गोल्डेन फुट अवार्ड २९ वर्षको उमेरमा उत्कृष्ट बन्न सफल खेलाडीलाई दिइने अवार्ड हो ।

क्रोएशियाका मोड्रिच गोल्डेन फुट अवार्ड जित्ने १७औ खेलाडी बनेका छन् । यस अवार्डको शुरुवात २००३ देखि शुरु भएको थियो र २००३ मा ब्रेसिया क्लबबाट खेल्दै आएका इटालियन खेलाडी रोबेर्टो बेग्गियोलाई गोल्डेन फुट अवार्ड प्रदान गरिएको थियो ।

गोल्डेन फुट अवार्ड पाएपछि मोड्रिचले आफु यसबाट खुसी रहेको बताएका थिए । ‘मैले यो अवार्ड पाउनु मेरो लागि ठुलो सम्मान हो’ मोड्रिचले भने ।

‘म आफ्नो लयमा फर्किरहेको छु र मैले एइबरबिरुद्धको खेलमा जस्तै राम्रो प्रदर्शन गर्नेछु । यस वर्ष सकिनु अघि अझै ७ वटा महत्वपुर्ण खेलहरु छन् र हामी सबै खेलहरुमा राम्रो गर्ने प्रयास गरिरहेका छाँै’ उनले भने ।

यसभन्दा अगाडि स्पेनिस खेलाडीहरु आन्दे्रस इनिइस्टाले २०१४,इकर क्यासिलसले २०१७ र पीएसजीका खेलाडी एडिन्सन कभानीले २०१८ मा गोल्डेन फुट अवार्ड जितेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *