कतारमा हुने गल्फ कपमा साउदी अरेबिया, युएई र बहराइन पनि सहभागी हुने

डिसी नेपाल
२७ कार्तिक २०७६ १५:०७

काठमाडौँ । कतारमा हुने गल्फ कप फुटबलमा साउदी अरेबिया, युएई र बहराइनले पनि सहभागिता जनाउने भएका छन्। अरब गल्फ कप फुटबल संघले आयोजना गर्ने यो खेल आगामी नोभेम्बर २४ देखि डिसेम्बर ६ तारिखसम्म दोहाको खलिफा रंगशालमा चल्नेछ।

प्रतियोगितामा साउदी अरेबिया, युएई र बहराइनको राष्ट्रिय टोली पनि सहभागी हुन लागेको अरब न्युजले जनाएको छ । यसअघि यी तीन देश बिना प्रतियोगिता सञ्चालन गर्ने पक्का भएको थियो । जसमा, २०१८ को संस्करणमा विजेता भएको ओमन, यमन, इराक र कुवेत मात्रै प्रतियोगितामा खेल्न सहमति भएका थिए ।

अब भने सबै आठ राष्ट्र नै सहभागी हुने भएका अरब गल्फ कप फुटबल संघले स्पष्ट पारेको समाचारमा उल्लेख छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *