सन्दिप लामिछानेका कप्तानले पाकिस्तान सुपर लिगबाट नाम फिर्ता लिए, यस्तो बताए कारण

डिसी नेपाल
२७ कार्तिक २०७६ १६:५९

एजेन्सी। गत सिजन नेपाली क्रिकेटर सन्दिप लामिछानेको कप्तानको रुपमा पाकिस्तान सुपर लिग खेलेका दक्षिण अफ्रिकी पूर्वकप्तान एबी डिभिलियर्सले पिएसएलको आगामी सिजन भने नखेल्ने भएका छन् । गत सिजन लाहोर कलन्दर्सको कप्तानी गरेका डिभिलियर्सले कामको बोझ भएको कारण देखाउँदै लिगबाट नाम फिर्ता लिएका छन् । गत सिजन उनले ७ खेलमा ५४ को औतमा २१८ रन बनाएका थिए ।

एक क्रिकेट वेबसाइटसँग कुरा गर्दै डिभिलियर्सले आफ्नो निर्णयबारे जानकारी दिएका हुन् । उनका अनुसार ‘वर्कलोड म्यानेजमेन्ट’ का कारण उनी पिएसएलमा सहभागी हुने छैनन् । उनले भने ‘कार्यभार व्यवस्थापन गरिरहेको छु, जति हुन सक्छ त्यति ।’ पिएसएलको ड्राफ्ट ६ डिसेम्बरमा जारी गरिनेछ । १ डिसेम्बरसम्म सबै फ्रेन्चाइजीलाई आफ्ना रिटेन गरिएका खेलाडीको सूची दिन भनिएको छ । हरेक फ्रेन्चाइजीले बढीमा ८ खेलाडी रिटेन गर्न सक्छन् ।

पाकिस्तान क्रिकेट बोर्डले पिएसएलको आगामी सिजनमा सबै खेल पाकिस्तानमै गराउने भएको छ । मिडिया रिपोर्टमा डिभिलियर्स पिएसएल नखेल्नुको एक कारण यसलाई पनि मानिएको छ । यसअघिको सिजनमा धेरै खेल युएइमा खेलिएमा थिए । गत सिजन पनि डिभिलियर्सले युएइमा भएका सबै खेल खेलेका थिए तर पाकिस्तानमा भएका २ खेल खेलेका थिएनन् । यद्यपि उनी नखेल्नुको कारण पिठ्युँको चोट भएको बताइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *